Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड संयुक्त राज्य अमेरिकाका लागि अष्ट्रेलियाको राजदूतमा नियुक्त भएका छन्। उनले दुवै देशमा बढ्दो चीनको प्रतिक्रियामा सुरक्षा सहयोगलाई गहिरो बनाउने जनाइएकाे छ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले रुडलाई चीनका लागि विश्वका सबैभन्दा खोजिने विज्ञहरूमध्ये एक रहेकाे बताएका छन्। ‘केभिन रुड एक उत्कृष्ट नियुक्ति हो’, अल्बानीजले मंगलबार विदेशमन्त्री पेनी वोंगको चीनको राजकीय भ्रमणअघि पत्रकार सम्मेलनमा भने, ‘उहाँले एक पूर्वप्रधानमन्त्रीको रूपमा, पूर्व विदेशमन्त्रीको रूपमा यो पद लिन सहमत हुँदा अष्ट्रेलियालाई ठूलो फाइदा हुन्छ।’

त्यस क्षेत्रलाई रणनीतिक प्रतिस्पर्धाले नयाँ आकार दिइरहेको समयमा रुडकाे अनुभवले भूमिकामा महत्त्वपूर्ण निर्वाह गर्ने प्रधानमन्त्री एन्थोनीकाे भनाइ छ। केभिन रुड अष्ट्रेलियाका २६औँ प्रधानमन्त्री हुन् । उनले आगामी मार्च महिनादेखि अमेरिकी राजदूतको रूपमा कार्यभार सम्हाल्नेछन्।

धाराप्रवाह बोल्ने रुडले सन् २०१३ मा राजनीति छाडेपछि चीनसँगको वैदेशिक सम्बन्धमा व्यापक रूपमा लेख्ने र बोल्ने गरेका छन्। उनले सेप्टेम्बरमा चीनका राष्ट्रपति सी जिनपिङको विश्व दृष्टिकोणमा अक्सफोर्डको उपाधि पूरा गरे र एसिया सोसाइटीको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाको प्रमुख रहेका हुन्।

रुड सन् २००७ को डिसेम्बरदेखि २०१० को जुनसम्म र फेरि २०१० को जुन देखि सेप्टेम्बर सम्म अस्ट्रेलियाका प्रधानमन्त्री बनेका थिए।

 

तपाईको प्रतिक्रिया