काठमाडौं – चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ मंगलबार स्वदेश फर्कने भएका छन्। स्वास्थ्यमा सुधार देखिएपछि पुन मंगलबार नेपाल फर्कन लागेको पारिवारिक स्रोतले जनाएको छ।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरूको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए। पुन सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन्।
पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’भनिन्छ। गत वर्ष चीनमा उपचार गरेर फर्कंदा पुनमा जन्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेपछि उनी चीन गएका हुन्।