Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्तीमा परेका छन् । कतार विश्वकप फुटबलमा टोली क्वार्टरफाइनलबाटै बाहिरिएपछि उनी बर्खास्तीमा परेका हुन् । विश्वकै चर्चितमध्येका एक खेलाडी एवं पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई विश्वकपको राउन्ड अफ सिक्सटिन र क्वार्टरफाइनलमा बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो ।

पहिलोपटक क्वार्टरफाइनल पुगेको ​मोरक्कोसँग हारेपछि प्रशिक्षक सान्तोसको आलोचना थप बढेसँगै पोर्चुगल फुटबल महासंघले उनलाई बर्खास्त गरेको हो । सान्तोसले पोर्चुगलको मुख्य प्रशिक्षकका रुपमा आठ वर्ष बिताएका थिए । पोर्चुगल फुटबल महासंघसँग उनले सन् २०२४ मा हुने युरोपेली च्याम्पियनशिपसम्मका लागि सम्झौता गरेका थिए । तर उक्त सम्झौता अगाबै उनी बर्खास्तीमा परेका हुन् ।

६८ वर्षीय सान्तोस सन् २०१४ को सेप्टेम्बरमा टोली सम्हाल्न आएका थिए । ‘हामी अर्को प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ महासंघले भनेको छ । सन् २०२४ युरोको लागि संघले होजे माउरिन्होलाई एक नम्बरमा राखेको छ ।अहिले माउरिन्हो सिरी ए क्लब रोमामा आवद्ध छन् । यद्यपि, उनलाई युरोपका ठूला क्लबहरु पोर्टो, चेल्सी, इन्टर मिलान, रियल मड्रिड र म्यानचेस्टर युनाइटेडले लक्ष्यमा राखेका छन् ।

माउरिन्होले चेल्सीबाट तीन प्रिमियर लिग, इन्टरबाट दुई सिरी ए र रियलबाट ला लिगा उपाधि जितेका छन् । सान्तोष टोलीमा रहँदा पहिलो पटक पोर्चुगल युरो २०१६ च्याम्पियन रह्यो । उनको प्रशिक्षणमा पोर्चुगलले सन् २०१८ विश्वकप र २०२० को युरो पनि खेलेको थियो ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया