काठमाडाैँ – काठमाडौँ महानगरपालिकाले बिहीबार सबै कामकाज ठप्प पार्ने भएकाे छ। महानगरले एक सूचना जारी गरी वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका कुनै पनि कामकाज नहुने जनाएकाे हाे।
विशेष रूपमा महानगर दिवस मनाउने भएकाले सबै कामकाज ठप्प पारिने भएकाे हाे। ‘काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ। यसबाट सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति काठमाडाैँ महानगरपालिका क्षमाप्रार्थी छ’, सूचनामा उल्लेख गरिएकाे छ।