Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडाैँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रे बस दुर्घटनाप्रति शाेक व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् शाेक व्यक्त गरेका हुन्। अध्यक्ष प्रचण्डले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै निःशुल्क स्वास्थ्योपचारको व्यवस्था गर्न सरकारसँग माग पनि गरेका छन्।

यसैगरी उनले दुर्घटनाकाे कारण पत्ता लगाई बढ्दो सवारी दुर्घटना रोक्न सम्बन्धित सबैमा आग्रहसमेत गरेका छन्। बनेपा नगरपालिका-११ का कुमार तामाङको नातिको व्रतबन्धमा बेथानचोक गाउँपालिका-५ च्याल्टी पुगेर फर्किँदै गरेको बस दुर्घटनामा परेको थियाे।

दुर्घटनामा २२ जना घाइते भएका छन्। उनीहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ।

यो पनि पढ्नुहोस : काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

 

 

 

तपाईको प्रतिक्रिया