Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाण्डाै – काठमाण्डौमा मेलम्चीको पानी वितरणका क्रममा ठाउँ-ठाउँमा समस्या देखिएको छ । पर्याप्त परीक्षण नगरी पानी पठाउँदा सडक नै भत्किने गरी पाइप फुटेका छन् ।हिजो दिउँसो लैनचौरमा पाइप फुट्दा सडक जलमग्न भयो । हिलो र ढुङ्गाले सडक नै भरिँदा पैदल यात्रु समस्यामा परे भने दिनभरि नै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । यसअघि तीनकुने क्षेत्रमा पनि सडक जलमग्न हुँदा समस्या भएको थियो । विद्युतकाे तार भूमिगत गर्ने क्रममा तीनकुनेको पाइप फुटेको पाइएको थियो ।

हिजो लैनचौरमा पनि नेपाल विद्युत् प्राधिकरणले तार भूमिगत गर्ने क्रममा नै पाइप फुटेको हुनसक्ने मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयको अनुमान छ । पाइप फुटेकोबारे निर्देशनालयले अध्ययन गरिरहेको जनाएको छ । लैनचौर क्षेत्रमा खानेपानीको पाइप फुटेको घटनाबारे अध्ययन सुरु भइसकेको मेलम्ची खानेपानी आयोजना, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । यसैबीच, काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले लैनचौरमा निर्माण गरेको नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ ।

नयाँ सञ्जालमा समस्या आएपछि काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाएको निर्देशनालयका प्रवक्ता एवं सूचना अधिकारी चन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरमा नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो । पाइप फुटेको ठाउँमा के भएको हो भन्ने हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया