Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संसोधन अध्यादेस २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २९ गतेको मन्त्रिपरिषद् बैठक निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञोनेन्द्रबहादुर कार्कीले सरकारले मुलुकी फौजदारी कार्यबिधी संहिता पहिलो संसोधन अध्यादेस २०७९ जारी गर्न बताएका हुन् ।

१‍.सार्बजनिक संस्थान सुझाब समिती लाइ थप प्रभाबकारी र समाबेसी बनाउन २ जना महिला सदस्य थप गर्ने ।

२. गोदक सोयक १३२ केभी प्रसारण आयोजनाको लागि जग्गा प्राप्ती गर्ने र प्रारम्भिक काम चलाउने अधिकारी तोक्ने ।

३. मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संसोधन अध्यादेस २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

४.नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघलाई सरकारी जग्गा लिज मा उपलब्ध गराउन स्वीकृति दिने ।

५. कालीगण्डकी कोरिडोर न्यु बुटवल बर्दघाट आयोजनाको २२० केभी प्रसारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

६.राजपत्रांकित प्रथम श्रेणीका सह सचिब राम आभार शाहलाई नेपाल इन्जिनियरिङ सेवा समुहिकरण क्लस्टर तर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गरि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको सचिबमा पदास्थापना गर्ने ।

७. प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको नेपाल इन्जिनियरिङ सेवाका समूहिकरण क्लस्टर तर्फको सचिव सुरेश आचार्यलाई शहरी बिकास मन्त्रालयको सचिब पदमा सरुवा गर्ने ।

तपाईको प्रतिक्रिया