Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीबाट सिट प्राप्त गरेका दलहरूले निर्वाचित हुने सांसदहरूको नामावली बुझाएका छन् । शनिबार दलहरूले नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएका हुन् । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट ११० जना निर्वाचित हुने व्यवस्था छ । प्रतिनिधिसभातर्फ समानुपातिकमा सात दलले मात्र सिट प्राप्त गर्ने मतको संख्या (थ्रेसहोल्ड) कटाएका थिए । ती दलले शनिबार निर्वाचित हुने सांसदको सूची आयोगमा बुझाएका हुन् ।

यसैबीच, निर्वाचन आयोगले मंसिर २६ गते सोमबारसम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा संघीय संसद्मा समानुपातिकतर्फ एमालेले ३४ सिट, कांग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट, जनता समाजवादी पार्टी र जनमत पार्टीले पाँच/पाँच सिट  प्राप्त गरेका थिए ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरू पनि निर्वाचित भएको एक हप्ताभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फ पनि सांसदहरू निर्वाचित भएको घोषणा भएको मितिले सात दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाइसक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार काम गर्ने बताए ।

सात दलले बुझाएको प्रतिनिधिसभातर्फको सूची हेर्नोस्–

नेपाली कांग्रेस

आदिवासी जनजातितर्फ 
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीता कुमारी राना
४. सुशीला थिङ
५, सपना राजभण्डारी
६ माया राई
७. कुसुम थापामगर
८ मनोरमा सेरचन

खस/आर्यतर्फ 
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ताकुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण

दलिततर्फ 
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारुतर्फ 
१ कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिमतर्फ
१ जावेदा खातुन जागा

तीन पुरुष विकल्पसहित 

१. जीवन  परियार

२. विमलेन्द्र निधि

३. प्रकाशशरण महत

नेकपा (एमाले)

आदिवासी जनजाति पुरुष 
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई

आदिवासी जनजाति महिला 
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खसआर्य पुरुष 
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही

खसआर्य महिला 
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारु महिला 
आस्माकुमारी चौधरी
शान्ति चौधरी

दलित 
ईश्वरबहादुर रिजाल
प्रभु हजारा पासवान
चन्द्रबहादुर विश्वकर्मा
रुकमणि राना बराली
हर्कमाया विश्वकर्मा

मधेसी
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
विनादेवी
अमृतादेव अग्रहरी
प्रतीक्षा तिवारी

मुस्लिम 
सराज अहमद फारुकी

नेकपा (माओवादी केन्द्र)

आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मिना यादव

उमरावती देवी यादव

मुस्लिम महिला

कल्पना मियाँ

राष्ट्रिय स्वतन्त्र पार्टी

दलित
१. सन्तोष परियार
२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ

खसआर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा

थारू
१. अशोककुमार चौधरी

मुस्लिम
१.असिम शाह

राप्रपा
१. पशुपतिशमशेर जबरा
२. बुद्धिमान तामाङ
३. रोशन कार्की
४. गीता बस्नेत
५. बीना लामा
६. बीना जैसवाल
७. अनिषा नेपाली

जसपा
१. प्रकाश अधिकारी
२. सुशीला श्रेष्ठ
३. रेखा यादव
४. रञ्जु ठाकुर
५. सहनाज रहमान ।

जनमत पार्टी

मधेसी
अनिता साह र वशन्तकुमार कुशवाहा
आदिवासी जनजाति
सोनु मुर्मर र बिनिताकुमारी सिंह
मुस्लिम 
अब्दुल खान
खस आर्य
गोमा लामा सापकोटा

आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।

तपाईको प्रतिक्रिया