Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ — सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया