Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – अमेरिकी संसदले समलिङ्गी सम्बन्ध र अन्तरजातीय विवाहलाई संरक्षण गर्ने ऐतिहासिक विधेयक पास गरेको छ ।यस अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो विधेयलाई पास गरिसकेको थियो । तल्लो सदनबाट पनि पास भएपछि अब राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनको रुप लिनेछ । राष्ट्रपति बाइडेनले यो ऐतिहासिक विषय भएको भन्दै आफूले गर्वका साथ हस्ताक्षर गर्ने बताएका छन् ।

तल्लो सदनमा रिपब्लिकन पार्टीका ३९ सांसदले विधेयकको समर्थनमा मतदान गरेका थिए । अहिले अमेरिकी संसदको तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ । यद्यपी हालै सम्पन्न मध्यावधी चुनावको नतिजाका कारण आगामी जनवरीबाट रिपब्लिकन पार्टीले बहुमत हासिल गर्नेछ ।

अमेरिकी सर्वोच्च अदालतले रूढिवादी विचारधाराका न्यायाधीशहरूको नेतृत्वमा गर्भपतनसम्बन्धी पुरानो निर्णयलाई उल्टाइदिएपछि अमेरिकामा यस विधेयकको बहस सुरु भएको थियो ।

तपाईको प्रतिक्रिया