Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयका महासचिवले दिएको पत्रका सन्दर्भमा परेको रिटमा शुक्रबार सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले दायर गरेको रिटको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको हो । रिटमा प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद सचिवालयका महासचिव भरतप्रसाद गौतमलाई विपक्षी बनाइएको छ ।

महाभियोगमाथि संसदबाट छिनोफानो नहुँदै गौतमले बुधबार प्राकृतिक न्यायको सिद्धान्तअनुसार भन्दै महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएका थिए । पत्रले न्यायिक र राजनीतिक क्षेत्रमा तरंग ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया