Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको राजनीतिक करियरलाई ‘समाप्त’ गर्ने तयारी भइरहेको छ । उनको समस्या पाकिस्तानमा समाप्त हुने देखिँदैन। सुरुमा निर्वाचन आयोगले उनको संसद सदस्यता खारेज गरिदिएको थियो ।

अहिले इमरानमाथि थप कारबाही गर्ने तयारी सुरु भएको छ । पाकिस्तानको निर्वाचन आयोगले उनलाई पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को अध्यक्ष पदबाट पनि हटाउने प्रक्रिया सुरु गरेको छ ।

तोशाखाना प्रकरणमा उनलाई संसद् सदस्यबाट अयोग्य घोषित गरेपछि निर्वाचन आयोगले यस्तो कदम चाल्न लागेको हो । इमरान खान पीटीआईका अध्यक्ष हुन्, उनले रगत र पसिनाले यस पार्टीलाई सिँचाइ गरेर पाकिस्तानमा राजनीतिक पार्टीको रूपमा खडा गरेका छन् ।

यदि इमरान खानलाई साँच्चै पीटीआईको अध्यक्ष पदबाट हटाइयो भने यो उनको राजनीतिक करियरमा सबैभन्दा ठूलो धक्का हुनेछ । किनभने त्यसपछि उसले पार्टीको नेतृत्व अरु कसैलाई दिनुपर्ने हुन्छ ।

पाकिस्तानको अखबार डनका अनुसार यस सम्बन्धमा इमरान खानलाई नोटिस दिइएको छ र मुद्दाको सुनुवाइका लागि १३ डिसेम्बरको मिति तय गरिएको छ ।

तपाईको प्रतिक्रिया