Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर १२, २०८१
Wednesday, November 27, 2024

काठमाडौं – युक्रेनी युद्धमा रुसले गरेका सम्भावित युद्ध अपराधबारे अनुसन्धान गर्न युरोपेली युनियन (ईयू)ले राष्ट्रसंघीय विशेष अदालतलाई आग्रह गरेको छ । त्यस्तै, ईयूले रोक्का गरिएका रुसी सम्पत्तिलाई युद्धग्रस्त युक्रेनको पुनर्निर्माणमा प्रयोग गर्न पनि माग गरेको छ ।

त्यस्तै, ईयूकी अध्यक्ष उर्सुला भोन डर लियनले न्यायाधिकरणका लागि आवश्यक बृहत् अन्तर्राष्ट्रिय सहायताका लागि ईयूले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर काम गर्ने बताएकी छिन् । अन्तर्राष्ट्रिय अपराध अदालतका लागि आवश्यक सहायतालाई निरन्तरता दिने पनि उनको भनाइ छ । ईयू अध्यक्ष लियनले युक्रेनमा युद्धका बेला भएको क्षति रुसले तिर्नुपर्ने ईयूको मान्यता रहेको बताइन् ।

उनले युक्रेनमा ६ खर्ब युरो बराबरको अनुमानित भौतिक क्षति भएको पनि बताइन् । रुस र त्यहाँका सम्भ्रान्त धनाढ्यहरूले युक्रेनको क्षति र त्यहाँ पुनर्निर्माणको जिम्मा लिनुपर्नेमा अध्यक्ष लियनको भनाइ थियो । उनले भनिन्, ‘रुसलाई क्षतिपूर्ति तिर्न बाध्य पार्ने अस्त्र हामीसँग छ ।’

रुसको केन्द्रीय बैंकको ३ खर्ब युरो र रुसी सम्भ्रान्तहरूको १ अर्ब ९० करोड युरो रोक्का गरिएको बताउँदै उनले भनिन्, ‘यिनै कोषको रकम खर्च गर्ने संयन्त्र बनाउन हाम्रा साझेदारहरूलाई आग्रह गर्न सक्छौँ । यो कोषको प्रयोग गर्न सक्छौँ ता कि रुसले त्यहाँको पूर्ण क्षतिपूर्ति तिरोस् ।’

साथै, ईयूले रुसी सम्पत्तिमाथिको प्रतिबन्ध फुकुवाको विषय युक्रेन र रुसको शान्ति सम्झौताले मात्रै निर्धारण गर्ने र रुसले क्षतिपूर्तिको जिम्मा लिने विषयसँग जोडिएको समेत भनेको छ । फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता युक्रेनी भूमिमा रुसले युद्ध अपराध गरेको र यसको निष्पक्ष अनुसन्धान गर्न युक्रेनले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको बेला ईयूले पनि अन्तर्राष्ट्रिय फौजदारी अदालतको ध्यानाकर्षण गराएको हो ।

युक्रेनको राजधानी किभको उपनगर बुचामा सर्वसाधारणमाथि भएको आक्रमण, मार्च १६ मा मोरियोपोल, जापोरिजियाजस्ता स्थानमा भएको आक्रमणमा कूल ६०० जना मारिएको एसोशियट प्रेसको अनुसन्धानले देखाएको छ ।

तपाईको प्रतिक्रिया