काठमाडौँ – जिम्बावेका लागि अनुभवी ब्याटर सेन विलियम्सले ४२ बलमा ८ चौकासहित सर्वाधिक ६४ रन बनाए । रयान बर्लले २५ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अविजित रहे ।रेजिस चकभा १५, वेस्ली मेधरेवे ४, क्रेग इर्विन र मिल्टन सुब्बा ८–८ रनमा आउट भए । सिकन्दर राजा शून्यमा आउट भए ।
बंगलादेशका तस्किन अहमदले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । मासाद्देक हसनले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । त्यसअघि ब्रिस्बेन क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । बंगलादेशका ओपनर नाज्मुल हसन शान्टोले ५५ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७१ रनको योगदान दिए ।
सौम्य सरकार शून्य, लिटन दास १५, सकिब अल हसन २३ र अफिफ हुसैनले २९ रन जोडे । जिम्बावेका ब्लेसिङ मुर्जाबानीले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । रिचर्ड न्गरावले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सिकन्दर राजा र सेन विलियम्सले एक एक विकेट लिए । जिम्बावेले पहिलो खेल दक्षिण अफ्रिकासँग वर्षाको कारण रद्ध हुँदा अंक बाँडेको थियो । जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको थियो । जिम्बावेले अव बुधबार नेदरल्यान्ड्स र आइतबार भारतसँग खेल्नेछ ।
बंगलादेशले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ रनले हराएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ४ रनले पराजित भएको थियो । बंगलादेशले बुधबार भारत र आइतबार पाकिस्तासँग खेल्नेछ ।