Deneme Bonusu Veren Siteler
शुक्रबार, फाल्गुण ०२, २०८१
Friday, February 14, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको महाराष्ट्र राज्यको जलगाउँ जिल्लामा भएको रेल दुर्घटनामा परी निधन भएका नेपाली नागरिकहरूको पहिचान खुलेको छ। परराष्ट्र मन्त्रालयका अनुसार, उक्त दुर्घटनामा सात नेपालीसहित १२ जनाको मृत्यु भएको छ। मृत्यु भएका नेपालीमध्ये कैलालीका कमला नवीन भण्डारी (४३) र लछिराम पासी (४०) छन्। यस्तै, अछामका हिन्दुराम विश्वकर्मा (११), नन्दराम पद्य विश्वकर्मा (४४), मैसारा कामी (४२), र जोक्ला उर्फ कला कामी (६०) को पनि मृत्यु भएको छ। बाँकेका राधेश्याम राधको (३२) पनि निधन भएको छ ।

घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एकजनालाई जलगाउँस्थित गोदावरी अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनापछि परराष्ट्र मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। मृतकका शव नेपाल ल्याउन र घाइतेको उपचारमा सहजीकरण गर्न नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतीय सरकारी निकायहरूसँग समन्वय गरिरहेको छ। दुर्घटना माघ ९ गते साँझ ५:०५ बजे जलगाउँ जिल्लाको परधाडे स्टेशननजिकै भएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया