Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद राखेपले अहिले जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन समारोह र व्यवस्थापनको विषयमा समीक्षा गरेको छ । राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहताराजको उपस्थितीतिमा शनिबार राति भएको समिक्षा बैठकमा उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा उद्घाटन समारोहमा भएका गल्ति कमी कमजोरीहरु सच्याउँदै समापन समारोह भव्य र सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने निर्णय भएको छ । यसैगरी २ वर्षपछि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने पक्का नै छ ।

जुन आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन (तत्कालिन प्रदेश ५) लुम्बिनीको नेपालगन्जमा हुँदा नवौं गण्डकी र दशौं कर्णालीमा गर्ने सहमति भएको थियो । अब राखेपको बोर्ड बैठकले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता कहाँ गर्ने भन्ने विषयमा निर्णय लिनुपर्ने छ । त्यसका लागि राखेपको बोर्ड बैठक कार्तिक २ गते पोखरामा बस्ने तय भएको छ ।अहिलेसम्म ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनका लागि प्रदेश १, बागमति, मधेश प्रदेश र सुदूरपश्चिमले दावी गरेका छन् ।

बागमतिमा पाँचाैं, प्रदेश १ मा सातौं तथा सुदूरपश्चिममा छैटौं राष्ट्रिय खेलकुद भइसकेकाले ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने सम्भावना रहेको छ । राखेपका एक सदस्यका अनुसार अहिले ४ वटा प्रदेशले दावी गरे पनि अत्याधिक सम्भावना मधेश प्रदेशको रहेको छ । राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पूर्वाधारहरु निर्माण हुने भएकाले आलोपालो प्रतियोगिता आयोजना गराउनु पर्नेमा सबै एकमत छन् ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया