काठमाडौँ – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित हात पारेको छ । उसले समूह ‘बी’अन्तर्गतको खेलमा कर्णाली प्रदेशलाई १०४ रनले हराउँदै पहिलो जित दर्ता गरेको हो । १२८ रनको लक्ष्य पछ्याएको कर्णालीले ८.३ ओभरमा सबै विकेट गुमाउँदै गुमाउँदै २३ रन मात्र बनाउन सक्यो । उसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । किरण कुँवरले बनाएको ५ रन नै कर्णालीका लागि उच्च व्यक्तिगत रन बन्न पुग्यो ।
कर्णालीलाई सस्तैमा समेट्न लुम्बिनीका मधुश जिसीले४,कृतिका मरासिनीले २ तथा सुस्मिता भुसालले १ विकेट हात पर्दा २ विकेट रन आउटका रुपमा प्राप्त भयो । १ खेलाडी अनुपस्थित भइन् । त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेकाे लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२७ रन बनाएको थियो । उसका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३१ रनको योगदान दिइन् ।
कप्तान सरस्वती जिएमले ३० तथा सुस्मिता बजगाईँ र मधु डिसीले १२–१२ रन जोडे । कर्णालीका लागि अञ्जु गुरुङले २ तथा एञ्जिला क्षेत्रीले १ विकेट हात पार्दा ३ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
यो जितसँगै २ खेलमा ३ अंक जोडेको लुम्बिनी दोस्रो स्थानमा रहँदा पराजित कर्णाली विना अंक पुछारमा छ। यसअघि कर्णालीलाई पुलिसले ६३ रनले हराउँदा लुम्बिनी र प्रदेश १ बीचको खेल वर्षाका कारण विना नतिजा टुङ्गिएको थियो ।