काठमाडौं – भारतले दोस्रो टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियालाई छ विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृखंला १–१ को बराबरीमा ल्याएको छ ।अष्टे्रलियाले प्रस्तुत गरेको ९१ रनको लक्ष्य पछ्याउँदै भारतले खेल सकिन ४ बल बाँकी छँदै ४ विकेटको क्षतिमा ९२ रन बनाएर पुरा गर्यो । वर्षाले प्रभावित खेल आठ ओभरमा छोट्याइएको थियो । भारतले उत्कृष्ट सुरुवात गर्दै बिना कुनै क्षतिमा तीन ओभरमै ३९ रन जोडेको थियो । तर ओपनर करण लोकेश राहुल दश रन बनाएर पेभेलियन फर्केपछि ब्याटिंग गर्न आएका विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या सस्तोमै पेभेलियन फर्किदा दबाबमा आयो ।
अर्का ओपनर रोहित शर्माले विष्फोटक ब्याटिंग गरिरहँदा ७७ रनमा ४ विकेट गुमाएको भारतलाई अन्तिम सात बलमा १४ रन आवश्यक थियो । विकेटकीपर ब्याट्सम्यान दिनेश कात्र्तिकले एक चौका र एक छक्का लगाउँदै भारतलाई जित दिलाए । कप्तान रोहितले संयमित तर विष्फोटक पारी खेल्दै मात्र २० बलमा चार चौका र चार छक्काको सहयोगमा ४६ रनको अविजित पारी खेले ।
त्यसअघि नागपुरमा टस हारेर ब्याटिंग गर्ने निम्ता पाएको अष्ट्रेलियाले कप्तान समेत रहेका ओपनर आरोन फिञ्चको ३१ र म्याथ्यु वाडेको ४३ रनको सहयोगमा ९० रनको उत्कृष्ट योगफल तयार गर्यो । भारतीय बलरहरुमा अक्षर पटेलले दुई र जसप्रित बुमराहले एक विकेट लिए । रोहित शर्मा प्लेयर अफ द् म्याच घोषित भए ।