Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टाेकियाे – जापानको इसिकावा प्रिफेक्चरमा अंगुरको एउटा झुप्पो १५ लाख येनमा विक्री भएको छ । इशिकावा प्रिफेक्चरमा फलेको रुबी रोमन जातको अंगुरले शुक्रवार भएको एउटा लिलामीमा उक्त मूल्य पाएको हो ।

शुक्रवार प्रिफेक्चरको कानाजावा नगरको एउटा होलसेल बजारमा यस सिजनको पहिलो लिलामीमा प्रिफेक्चरका विविध स्थानबाट किसानहरूले पठाएका १८७ अंगुरका झुप्पाहरू लिलामीमा राखिएको थियो । यीमध्ये सबैभन्दा धेरै मूल्य रुबी रोमनको झुप्पोले पाएको हो ।

रुबी रोमन इसिकावा प्रिफेक्चरमा उत्पादन गरिने विशेष खालको अंगुर हो । सन् २००८ यता यो अंगुरको लिलाम विक्री गर्न थालिएको हो । ३.१ सेमी वा सोभन्दा बढी व्यास, १८ डिग्री वा सोभन्दा धेरै चिनीको मात्रालगायत उच्च मापदन्ड पूरा गरेका अंगुरलाई मात्रै यो कोटीमा राखिन्छ ।

शुक्रवारको लिलामीमा २७ ओटा दाना भएको यो अंगुरको झुप्पोको तौल ८०० ग्राम थियो । अर्थात् एउटै दाना अंगुरले ५५ हजार ५५५ येनभन्दा धेरै मूल्य पाएको छ । यो रुबी रोमन जातको अहिलेसम्मकै महँगो अंगुर बनेको बताइएको छ । गएको वर्ष यही जातको अंगुरको एउटा झुप्पो १४ लाख येनमा विकेको थियो ।

अंगुर इसिकावा प्रिफेक्चरकै हट स्प्रिङ इन चलाउने कम्पनीले किनेको थियो । यी अंगुर कम्पनीले सञ्चालन गरेको नेतो चोको होटलमा आउने ग्राहकलाई खुवाइनेछ । -आर्थिक अभियानबाट

तपाईको प्रतिक्रिया