शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली हानी हत्या गरेका ४१ वर्षीय तेत्सुया यामागामीले सुरुमा आफूले अर्को धार्मिक समूहलाई निशाना बनाउन लागेको स्वीकार गरेका छन्।

प्रहरी स्रोतलाई उद्धृत जापानी मिडियामा आएको समाचारका अनुसार आबेका हत्यारा यामागामीले सुरुमा एक धार्मिक समूहका नेतालाई आक्रमण गर्ने योजना बनाएकाे बयान दिएका छन्।

प्रहरीसँगको बयानका क्रममा यामागामीले आबेको राजनीतिक विश्वासको विरोध गरेका कारण आफूले अपराध गरेको अस्वीकार गरेका छन्। ६७ वर्षीय पूर्वप्रधानमन्त्री आबेको शुक्रबार बिहान पश्चिमी प्रान्त नाराको रेल स्टेसन नजिक चुनावी प्रचारका क्रममा पछाडिबाट गोली लागेर मृत्यु भएको थियो।

उनको हत्या गर्ने यामागामीलाई घरेलु बन्दुकसहित घटनास्थलबाटै पक्राउ गरिएको हो।

तपाईको प्रतिक्रिया