मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन साहले अग्रता कायम राखेका छन् । पछिल्लो अपडेट अनुसार बालेन शाहले २४ हजार ३ सय २४ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

बालेन एमालेका उम्मेदवार केशव स्थापितभन्दा ११ हजार ७५१ मतले अगाडी रहेका छन् । केशव स्थापितले १२ हजार ५७३ मत पाएका छन् । गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी उमेदवार सिर्जना सिंहले १२ हजार ९३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत पाएकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ र राप्रपाकी विनिता मगैयाले ३४४९ मत पाएकी छन् ।

काठमाडौँ महानगरको वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ र चारै वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अहिले वडा नम्बर ४, ६, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।

तपाईको प्रतिक्रिया