बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ ।

मूत्र प्रणालीमा सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि अस्पताल भर्ना भएका जोशीमा देखिएका सङ्क्रमणहरू कम भइसकेको किस्ट अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जोशी सङ्क्रमणमुक्त भइसकेको र कमजोरीमात्र देखिएको जानकारी दिए ।

६ दिनदेखि किष्ट अस्पतालमा भर्ना भएका जोशीको एन्टिबायोटिक्स्को कोर्स पूरा भएपछि विशेषज्ञको सल्लाह अनुसार डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया