Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गरे । उनले नेपालको अर्थतन्त्र सुधारका लागि भइरहेको चिन्तालाई सलाम गर्नसक्नु पर्ने बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘नेपाल र श्रीलंकाको तुलना नै हुन सक्दैन । हाम्रो ऋण कुरा हेर्नुस्, उत्पादन क्षेत्र हेर्नुस्, विदेशी लगानी हेर्नुस् । ऋण सहायता हेर्नुस्’, अर्थमन्त्री शर्माको भनाइ छ । उनले तुलना हुनै नसक्ने कुरामा तुलना गरेर आम जनतालाई आतंकित पार्ने काम भइरहेकोमा असन्तुष्टि जनाए ।

‘तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एकथरीले गरेका छन् त्यो गलत छ, त्यसको खण्डन गर्नुपर्छ’, शर्माले भने, ‘अर्थतन्त्रमा फेरि समस्याहरु छन् त्यो हामीले पनि भनिरहेका छौ । त्यसलाई बदल्नु पर्छ । तर कतिपयलाई रहर छ श्रीलंका बनाउने । तिनको सपना पुरा हुँदैन ।’

उनले अर्थतन्त्रबारे दुई तरिकाबाट टिप्पणी भइरहेको र एकाथरीले श्रीलंकाकै हालतमा पुर्‍याउनु पर्छ भनिरहेकोमा त्यसको विरोध गर्नुपर्ने बताएका छन् । ‘सुधार्नु पर्छ भनेर चिन्ता व्यक्त भएका पनि छन् यो चिन्ता गर्नेलाई सलाम गर्नुपर्छ । त्यसकारण यहाँ श्रीलंका हुनसक्दैन । नेपाललाई श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गरौ’, मन्त्री शर्माको अपिल छ । उनले अर्थतन्त्र सुधारका लागि बहस गर्न आवश्यक रहेको पनि बताए ।

मन्त्री शर्माले नेपालमा डलर सिञ्चिति साढे ६ महिनाका लागि रहेको भन्दै योबाट तल झर्न नदिने बताउँदै विलासिताका सामानहरु आयातमा घटाउनुपर्ने बताए । उनले स्वदेशी उत्पादन आलु स्याउ जस्ता सामग्री आयात नगर्दा पनि हुने तर त्यसतर्फ ध्यान नदिएको तर्फ ध्यान जानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया