Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

काठमाडाैं – श्रीलंकामा वेटरका रूपमा काम गर्दै आएका अब्दुल रजकले साथीको मोटरसाइकल प्रयोग गरेर ‘उबर इट्स’ का लागि खाद्य सामग्री ढुवानीको काम गर्ने सोच बनाएका थिए । तर, सोचेजस्तो भएन।ढुवानी गरेर पैसा कमाउनुको सट्टा उनी इन्धनका लागि लामो लाइन बस्नमै व्यस्त भए ।

सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका नागरिक अहिले इन्धन अभाव, विद्युत् कटौती र खाद्यवस्तुको मूल्यवृद्धिका कारण सहायक पेसाको खोजीमा छन् । ‘यस्तो आर्थिक संकट हामीले कहिल्यै झेल्नुपरेको थिएन’, ५३ वर्षीय रजक भन्छन् । ‘कहिलेकाहीँ हाम्रा बालबच्चालाई दुई छाक खुवाउन म र मेरी श्रीमती भाकै बस्छौँ । पहिले उनीहरूलाई हामी तीन छाक सजिलै खुवाउँथ्यौँ’, उनले भने ।

सरकारको इतिहासकै सबैभन्दा कमजोर वित्तीय अवस्था, समयको सन्तुलन नभएको कर छुट र कोभिड-१९ महामारीका कारण महत्त्वपूर्ण पर्यटन व्यवसाय धराशायी बनेपछि अर्थतन्त्र असफलताको बाटोमा लागेको छ, जसका कारण मौद्रिक संकट भई इन्धन आपूर्तिमा समस्या हुनुका साथै खाद्यान्नमा भारी मूल्यवृद्धि भएको छ ।

‘हामी यहाँ बाँच्न सक्ने अवस्था अब छैन’, ४३ वर्षीय इन्दिका पेरेराले भने । एक निजी कम्पनीमा सेक्युरिटी गार्डका काम गरिरहेका पेरेराको वार्षिक आम्दानी ४० हजार श्रीलंकाली रुपैयाँ (१ सय ५५ डलर हाराहारी) छ । खाद्य सामग्रीका लागि मासिक १० हजार श्रीलंकाली रुपैयाँ खर्च गरे पुग्ने पेरेराले अहिले आफ्नो तलबको आधा खर्च गर्नुपरेको छ ।

आफ्ना तीन सन्तानलाई दिनको एक छाक सादा भात बाहेक अरू केही खुवाउन नसकेको उनको गुनासो छ।दिन धेरै राम्रो छ भने उनले उनको परिवारका लागि प्रोटिनको एक मात्र स्रोतका रूपमा एउटा राम्रो माछा भेट्टाउने थोमसन रोयटर्स फाउन्डेसनलाई बताए । ‘कहिलेकाहीँ म र मेरी श्रीमती भोकले ग्रस्त हुन्छौँ’, पेरेराले भने।पेरेराले राति वेटरका रूपमा काम गर्न त खोजे, तर दिउँसोको काममा निदाउन थालेपछि उनले रातिको काम छाडे ।

अभावका कारण सिर्जना भएको हतासका कारण इन्धन र अन्य अत्यावश्यक सामग्री किन्ने स्थानीयबीच द्वन्द्व नै हुने गर्छ । सवारीसाधन प्रयोगकर्ता इन्धनको लागि एकाबिहानै लाइन बस्छन् र घन्टौँ कुर्न बाध्य हुन्छन् । प्रहरीका अनुसार मार्च २१ मा तीनपाङ्ग्रे गाडीका एक चालकले इन्धनको निहुँमा अर्का मानिसलाई छुरा प्रहार गरे भने अघिल्लो हप्ता मात्रै गर्मीमा इन्धन किन्न लाइन बसेका चार वृद्धहरूको मृत्यु भयो ।

प्रभावकारी रूपमा वितरण नभएको भन्दै मार्च २२ बाट सयौँ इन्धन बिक्री केन्द्रमा सेना परिचालन गरिएको छ।उता किसान र माझीहरू पनि आन्दोलनमा उत्रिएका छन् । कागज र मसीका लागि बजेट नभएपछि सम्बन्धित निकायले लाखौँ विद्यार्थीको परीक्षा नै सारेका थिए । ‘यो अभूतपूर्व छ। सबैजना संकटबाट कुनै न कुनै प्रकारले प्रभावित भएकाले पहिलेजस्तो सहयोगको आह्वान हामीले गर्न सक्दैनौँ’, गरिबहरूलाई दान दिएर सहयोग गर्दै आएको श्रीलंकाली मुस्लिम परिषद्का अध्यक्ष एन.एम अमिनले भने ।

जीवन वा मृत्यु
वैदेशिक ऋण र सुस्त आर्थिक वृद्धिका कारण कोभिड-१९ महामारी शुरू हुनुअघि पनि श्रीलंकाको अर्थतन्त्र समस्याग्रस्त भए तापनि लगातार लकडाउन हुनु देशको ६० प्रतिशत जनशक्ति निर्भर रहेको अनौपचारिक क्षेत्रका लागि घातक हुन पुग्यो ।

रोजगारमा कमी र आयमा गिरावट आएका कारण २ करोड २० लाख जनसंख्या भएको देशमा गरिबी चुलिएको छ । श्रीलंकामा ३.२० अमेरिकी डलरको दैनिक आम्दानीमा बाँचिरहेका गरिबहरूको अनुपात सन् २०१९ मा ९.२ प्रतिशत रहेकोमा सन् २०२० मा ११.७ प्रतिशत पुगी ५ लाखभन्दा बढीले वृद्धि भएको विश्व बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको तथ्याङ्कका अनुसार कोभिड-१९ लकडाउनका बेला सरकारले ५० लाख घरपरिवारलाई ‘कमजोर आर्थिक अवस्था भएका निम्न आय परिवार’ भनी पहिचान गरेर ती सबै परिवारलाई ५ हजार रुपैयाँ उपलब्ध गराएको थियो । तर, त्यो सहयोग लामो समयसम्म काम लागेन।पछिल्लो समय रुस-युक्रेन युद्धको परिवेशमा बढिरहेको इन्धनको मूल्यका कारण आर्थिक मन्दी आएपछि श्रीलंकालाई अर्को झट्का लागेको छ, जसका कारण निराशा एवम् तनाव बढेको छ ।

श्रीलंकाले विश्व बैंक र अन्तराष्ट्रिय मुद्राकोषबाट यही वर्षभित्र सहयोग पाउनेबारे पनि यस महिना बहस हुनेछ।चीन र भारतबाट श्रीलंकाले केही सहयोग पाइसकेको छ । मनोरञ्जन लगायतमा खर्च कटौती गर्दै सस्तो खानेकुरामा आफू आकर्षित भएको केही श्रीलंकालीहरूले बताएका छन्।केहीले भने बालबच्चाको शैक्षिक खर्च कटौती गरेको जनाएका छन् । डाक्टरकहाँ जानु धेरै महँगो भएपछि धेरैले आफ्नै इच्छाअनुसार औषधि प्रयोग गर्न थालेका छन्, जुन विश्व स्वास्थ्य संगठनका अनुसार मृत्युदर बढाउन सहयोगी हुने गर्छ । श्रोत: आइएनएस

तपाईको प्रतिक्रिया