मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडाैं – चीनले एक मात्र स्पान र टावर भएको झोलुङ्गे पुल बनाएको छ । चीनले युनान प्रान्तमा बनाएको यो पुल आगामी महिनादेखि सञ्चालनमा आउने छ ।

७९८ मिटर लामो यो पुल अन्य पुलको तुलनामा धेरै लामो नभए पनि निर्माणको जटिलताको हिसाबमा यसले धेरै चर्चा पाएको छ । युनान प्रान्तमा रहेको लभझिजियाङ नदीमाथि बनाइएको छ । यो पुल एकातर्फ पहाडको बीचबाट निस्किएको सुरुङमा जोडिन्छ भने अर्कोतर्फ सडकमा जोडिन्छ ।

यो पुलले नदी वारपारको लागि लाग्ने समय ९० मिनेटबाट २ मिनेटमा झर्नेछ । अधिकारीहरुले यो पुलले केही विश्व रेकर्डहरु कायम गरेको उल्लेख गरेका छन् । भी आकारको उपत्यकाभन्दा माथि बनेको यो पुल केवल एउटा टावरको भरमा अडिएको छ । यो टावर १५६ मिटर अग्लो छ ।

सन् २०१९ शुरु भएको पुलको निर्माण सकिन ३ वर्ष लागेको हो । सुरुङ भएको भागतर्फ अग्लो र अर्कोतर्फ होचो भएकाले यो पुल भिरालो छ । यो पुल पर्यटकीय हिसाबमा मात्र नभई युनानलाई चीनको अन्य भागमा जोड्न पनि निकै महत्वपूर्ण छ ।

तपाईको प्रतिक्रिया