मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडाैं – रुसले युक्रेनमा आक्रमण गर्न थालेको आज तेइसौँ दिन हो । युक्रेनका रक्षामन्त्रीले अहिलेसम्म अनुमानित १४,२०० रुसी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

दुवै सेनामा भएको मानवीय क्षतिको विवरण पुष्टि गर्न निकै कठिन छ । किनभने रुस र युक्रेन दुवैले निकै फरक सङ्ख्या बताउने गरेका छन् । मार्च ३ मा रुसले आफ्ना ४९८ सैनिकको मृत्यु भएको जनाएको थियो । तर त्यसपछि रुसले हताहत हुने सैनिकको तथ्याङ्कबारे रुस मौन छ ।

अमेरिकी अधिकारीहरूले झन्डै ७,००० रुसी सैनिकको मृत्यु भएको हुनसक्ने बिहीवार बताएका थिए । उनीहरूका अनुसार घाइते हुने रुसी सैनिकको सङ्ख्या १४,००० जति हुनसक्छ ।

तपाईको प्रतिक्रिया