मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाडाैं – रुसले आज युक्रेनको लिभ शहरमा ६ वटा मिसाइल प्रहार गरेको छ । युक्रेनको सैनिकले दिएको जानकारीअनुसार काला सागरबाट रुसले ६ वटा क्रुज मिसाइल प्रहार गरेको हो ।

जसमध्ये दुईवटा मिसाइल खसालिएको युक्रेनको सेनाले बताएको छ । लिभका मेयरले उक्त मिसाइल लिभको विमानस्थल नजिकै हवाई मर्मत केन्द्रमा खसेको बताएका छन् । उनका अनुसार यसअघि नै उक्त केन्द्रको काम बन्द भएकाले आक्रमणमा कुनै मानवीय क्षति भने भएको छैन ।

शुक्रबार स्थानीय समयअनुसार विहानैदेखि लिभ शहरका विभिन्न स्थानमा विष्फोटको आवाज सुनिएको थियो । त्यस्तै लिभको पश्चिमी क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलतर्फबाट धुवाँको मुस्लो आइरहेको देखिएको थियो ।

तपाईको प्रतिक्रिया