बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला यतिबेला सिनेमा हल निर्माणमा व्यस्त छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडमा उनीहरुले सिनेमा घर निर्माणको काम चलिरहेको छ ।

निर्माण कार्य चलिरहेको र अझै केही समय लाग्ने दीपकराज गिरी बताउँछन् । “निर्माणको काम चलिरहेको छ । अझै केही समय लाग्छ । अर्को वर्षबाट भने हाम्रो हल सञ्चालनमा आउँछ,” दीपकले भने । चैतसम्म निर्माण सम्पन्न गरिसक्ने योजना अनुसार काम सुरु भएको थियो ।

दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् ।

करीव ९ करोड निर्माण लागत रहने दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला तथा ‘छक्का पञ्जा’ टिमको लगानी रहने छ ।
सिनेमा हल खोल्ने हाम्रो पुरानै योजना भएको भन्दै दीपक चलचित्रबाट कमाएको पैसा यही क्षेत्रमा लगानी गरेको बताउँछन् ।

महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माणको काम भइरहेको छ ।

कोरोना संक्रमणको त्रासका कारण तीन दर्जनभन्दा धेरै सिनेमा हल बन्द भइसकेका छन् । यद्यपि यही समयमा केही नयाँ सिनेमा हल पनि सुरु भएका छन् । सिंगल थिएटरह बन्द भइरहेका छन् भने महलहरुमा मल्टिप्लेक्स बन्ने क्रम चलिरहेको छ । ***

तपाईको प्रतिक्रिया