बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडाैं – हलिउड स्टार एन्जेलिना जोली हालै यमनमा जारी गृहयुद्धको बीचमा मध्यपूर्वमा शरणार्थीहरूलाई सहयोग गर्न देशको भ्रमण गरेकी छिन् । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तसँग करिब दुई दशक काम गरिसकेकी एन्जेलिना जोलीले इन्स्टाग्राममा आफ्ना फलोअर्सलाई राजधानी अदन आइपुगेको जानकारी दिएकी हुन् ।

इन्स्टाग्राममा एन्जेलिनाले यमनको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै लेखिन्, ‘म विस्थापित परिवार र शरणार्थीहरूलाई भेट्न र यमनका मानिसहरूलाई मेरो समर्थन देखाउनको लागि UNHCR @refugees को लागि अदनमा अवतरण गरेकी छु ।’ ‘म यहाँ यमनमा शान्तिको खाँचोमा परेकाहरूलाई सहयोग गर्न आएकी छु’ उनले थप लेखेका छन् ।

एन्जेलिना जोलीले सो पोस्टमा यो संसारको सबैभन्दा खराब मानवीय संकट मध्ये एक भएको पनि बताएकी छन् ।

तपाईको प्रतिक्रिया