Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडाैं – भिजिट भिसामा विदेशमा जान कम्तीमा पनि वर्षको १० लाख आम्दानी हुनुपर्ने प्रावधान अगाडि सारिएको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले कम्तीमा पनि १० लाख आम्दानी हुनुपर्ने प्रावधान प्रतिवेदनमा उल्लेख गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलका संयोजक गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले यो प्रतिवेदन कार्यविधि बनाएपछि कार्यान्वयनमा आउने जानकारी दिए । प्रतिवेदनमा आम्दानी सँगसँगै कम्तीमा ५ लाख नगद मौजदात हुनुपर्ने प्रावधान समेत राखिएको छ । यसले न्यून आय भएका नेपालीहरू भिजिट भिसामा विदेश जानबाट वञ्चित हुने देखिन्छ ।

’वार्षिक न्यूनतम १० लाख रुपैयाँ कर आय भई कम्तीमा सोको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्धता भएका व्यक्तिहरू,’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै कागजात सामान्यरुपमा शङ्कास्पद देखिएको तर फर्जी हो भन्ने यकिन गर्न नसक्ने भएका यात्रुलाई प्रस्थान अनुमति दिई छानबिनका लागि कागजात विभागमा पठाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

अस्पताल वा शिक्षण संस्थाको कार्यक्रमको अनुभव आदानप्रदान वा ट्राभल एजेन्सीले प्रस्थान हुनुअघि अध्यागमन विभागमा लिखित अनुरोध गरी फर्काउने कबुलियतनामा गरी सम्बन्धित निकायले जिम्मेवारी लिने भएमा टुर प्याकेज, शैक्षिक भ्रमण कार्यक्रम अथवा यस्तै प्रकृतिको अन्य कार्यक्रमको सन्दर्भमा विभागको निर्णयअनुसार हुने प्रतिवेदनमा भनिएको छ ।

तपाईको प्रतिक्रिया