Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं । यूरोनियमको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले कांग्रेसका नेता नवराज महतसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीको विशेष ब्युरोले सोमबार हायात होटलबाट दुई केजी आठ सय ग्राम युरोनियम बरामद गरी त्यसमा संलग्नहरूलाई पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो यूरोनियम भारतमा बिक्रीका लागि प्रतिकेजी ३५ करोडमा डिल भएको थियो । साढे दुई किलाको करिब ८५ करोड रुपैयाँमा कारोबारको डिल भएको प्रहरीको दाबी छ । सुरुमा प्रहरीले महत र भूपेन्द्र खड्कालाई पक्राउ गरेको थियो । थप ६ जना पछि पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । महत ललितपुर कांग्रेसका नेता हुन् ।

पक्राउ पर्ने अन्यमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिराहाका गोपीलाल दास, जिवछ नारायण यादव, महोत्तरीका सुरेन्द्र चौरी, भारतका उपेन्द्र कुमार मिश्र र महोत्तरीका राजु ठाकुर छन् । उनीहरूबाट बा ५ च ८२०९ नम्बरको कार पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकालाई ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७ अन्तर्गत मुद्दामा सात दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया