बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – हलिउड गायिका रिहानाले आफ्नो एक तस्बिर सार्वजनिक गरेकी छिन्। तस्बिरमा उनको बेबी बम्प देखिएको छ।

विवाह अघिनै देखिएको उनको बेबी बम्प अहिले चर्चाको विषय बनेको छ।

३३ वर्षकी अविवाहित रिहानाले सोमबाार न्युयोर्क सिटीमा आफ्नो बेबी बम्प शो गरेकी हुन्। रिहाना र उनका प्रेमी रक्की पहिलो बच्चाको प्रतिक्षा गरिरहेको खबर डेली मेलले लेखेको छ।

गुलावी रंगको ज्याकेटमा प्रेमीको हात समाएर हिँडीरहेकी रिहाना निक्कै खुशी देखिएकी छिन्।

मेकअप र फेसन ब्रान्ड व्यवसायको कारण फोर्ब्स अर्बपतिको सूचीमा परेकी रिहाना कुन महिनामा आमा बन्दैछिन् भनेर खुलाइएको छैन।

तपाईको प्रतिक्रिया