शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं -चीनले सन् २०२१ मा १० वर्ष यताकै उच्च आर्थिक वृद्धिदर हासिल गरेको छ । चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२१ मा ८.१% ले बढेको चीनको राष्ट्रिय तथ्याङ्क विभागले जानकारी गराएकोे छ । उक्त आर्थिक वृद्धिदर सन् २०११ यताकै उच्च हो । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकले सन् २०२१ मा चीनको आर्थिक वृद्धिदर ८% रहने प्रक्षेपण गरेका थिए । यस्तै, चीन सरकारले भने ६% को आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।

सन् २०२१ को पहिलो ६ महिनामा चीनको आर्थिक वृद्धिदर उच्च भएपनि वर्षको अन्तिम त्रैमासमा भने केही सस्ताएको थियो । गत वर्षको पहिलो त्रैमासमा मात्र १८.३% को वृद्धिदर हासिल भएको थियो । यद्दपि, त्यसपछि निरन्तर कम हुँदै अन्तिम त्रैमासमा भने ४% ले मात्र अर्थतन्त्र बढेको थियो । यस्तै, गत वर्ष चीनको जीडीपीको आकार १८० खर्ब अमेरिकी डलर भन्दा बढी पुगेको छ । साथै, प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १२ हजार ५५१ डलर रहेको छ । जुन विश्वको औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भन्दा बढी हो ।

तपाईको प्रतिक्रिया