शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो –  अन्य देशको मुद्राको तुलनामा जापानी येन कमजोर हुँदै गएको पाइएको छ ।

जनवरीको पहिलो साता येनको भाउ निकै कमजोर अवस्थामा पुगेको थियो । ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ ११६.३५५० येन तोकिएको थियो । यो ५० वर्ष यता कै सबैभन्दा महँगो विनिमय दर हो ।

जापानका अर्थमन्त्री शुनिची सुजुकीले मुद्रा स्थिरताको आवश्यकता भएको बताएका छन् । उनले डलरको तुलनामा येनको हालैको गिरावटलाई ध्यानमा राख्दै बजारको चालमा होशियारी अपनाएको जानकारी दिएका छन् । र हाल भइरहेको येनको भाउको गिरावटलाई आफुले चिन्ताजनक रुपमा केलाइरहेको बताएका छन् ।

विश्लेषकलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरुले आगामी दिन येन अझै सस्तिन सक्ने उल्लेख गरेका छन् ।

सस्तिएको येनले जापानमा ऊर्जादेखि कच्चा मालसम्मका सामान आयात मूल्यलाई प्रत्यक्ष असर परेको छ । सस्तिएको येनका कारण बजारमा आपूर्ति प्रणालीमा अवरोध पुगेको छ जसले अर्थतन्त्रका विविध अवयवहरूमा गम्भीर क्षति पुर्याउने निश्चित  छ ।

त्यसैले अमेरिकी डलरको तुलनामा जापानी येनको मूल्य खस्किएपछि, त्यसले आयातमा आधारित अर्थतन्त्रलाई गम्भीर धक्का पुग्ने चिन्ता विज्ञहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया