शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – व्यवसायिक सफल फिल्म ‘छक्का पञ्जा’ युट्युवमा पनि धेरै हेरिएको छ । हाइलाइट्स नेपालले सार्वजनिक गरेको फिल्मले युट्युवमा ३ करोड बढी भ्युज पाएको छ । युट्युवमा यति धेरै भ्युज पाएको यो पहिलो नेपाली फिल्म हो ।

फिल्मले युट्युवमा ३ करोड बढी भ्युज पाएको खुसी निर्माता तथा कलाकार दीपकराज गिरीले समाजिक सञ्जालबाट शेयर गरेका छन् । उनले लेखेका छन्, ‘छक्का पञ्जा’ युट्युबमा ३ करोड बढी पटक हेरिएको पहिलो नेपाली फिल्म भएकोमा सबै टिमलाई बधाई, सबै दर्शकलाई नमन ।’

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दीपक र प्रियंकाको अलवा जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘छक्का पञ्जा’ को अहिले चौंथो श्रृखंला निर्माणको क्रममा छ । दीपकराज गिरीले लेखन गरिरहेको फिल्म आगामी वैशाखबाट छायाङ्कनमा जाने र दशैंमा रिलिज गरिने योजना दीपक र दीपाको रहेको छ ।

तपाईको प्रतिक्रिया