शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024


काठमाडौं – दक्षिण अफ्रिकाको संसद् भवनमा पुनः आगलागी भएको छ । आइतबार लागेको आगो नियन्त्रणमा आएको केही समयपछि फेरि त्यहाँ उस्तै घटना भएको हो ।

संसद् भवनको छानोबाट आगोको मुस्लो र धुँवा निस्किरहेको बीबीसीले जनाएको छ । आगलागीको कारणबारे भने प्रष्ट भइसकेको छैन ।

आगो नियन्त्रणका लागि दर्जन बढी अग्निनियन्त्रक परिचालन गरिएका छन् । तर अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार लागेको आगलागीमा राष्ट्रियसभा र तल्लो तला पूर्णतः नष्ट भएको थियो । अधिकारीहरूले कार्पेट र काठको फलेक राखिएकाले आगलागीको चेतावनी दिँदै आएका थिए ।

घटनामा संलग्नको आशंकामा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जसलाई मंगलबार त्यहाँको अदालतमा हाजिर गराएर आगजनी, तोडफोड र चोरी मुद्दा चलाइएको छ ।

दक्षिण अफ्रिकाको सभामुख मोलोट माथापोले आगो नियन्त्रणका लागि रातभर अग्निनियन्त्रकले प्रयास गरेको जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया