शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – अफगानिस्तानमा गुप्तचरहरुको एउटा समूले करिव तीन हजार लिटर मदिरा राजधानी काबुलस्थित एउटा नहरमा खन्याएको छ । देशमा मदिराजन्य पदार्थमाथि नियन्त्रण गर्ने प्रयासस्वरुप गुप्तचर संस्थाका अधिकारीहरुले पछिल्लो कदम चालेका हुन् ।

गुप्तचरसम्बन्धी महानिर्देशनालय (जीडीआई) ले सार्वजनिक गरेको एउटा भिडियो फुटेजमा जफत गरिएको मदिरा नहरमा फालेको देखिन्छ । ‘मुसलमान समुदाय मदिराबाट अलग रहनुपर्छ,’ एक धार्मिक नेताले ट्विट गरेका छन् ।

मदिरा कहाँ छापा मारिएको थियो र कहिले नष्ट गरिएको थियो भन्ने प्रष्ट उल्लेख गरिएको छैन् । तर, जीडीआईले जारी गरेको विज्ञप्तिमा छापा मार्ने क्रममा तीन ओटा डिलर नियन्त्रणमा लिइएको उल्लेख छ । पश्चिमेली सरकारको समर्थनमा गठित यसअघिको सरकारले पनि मदिरामा नियन्त्रण लगाएको थियो । तर, लुकीछिपी बेचबिखन भने हुँदै आएको थियो ।

१५ अगस्टमा तालिवानले सत्ता कब्जामा लिएपछि लागु औषध र मदिरामाथिको छापालाई तीव्र पारिएको छ ।

तपाईको प्रतिक्रिया