शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

काठमाडाैं – बंगलादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ । त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो ।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको छ । डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन् । ‘मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन् ।’

डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ । अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ । एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो ।

यात्रु के भन्छन् ?
शुक्रबार सखारै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो । आगलागीको कारण स्पष्ट हुन सकेको छैन । घाइतेहरूलाई बरिसल सदर अस्पताल र स्थानीय अस्पतालमा लगिएको बताइएको छ ।

झालकोटीका स्थानीय पत्रकार आकाश सिकदरले बताएअनुसार उनले बिहान ३;३० बजे आगलागीको समाचार पाएका थिए । उनले कैयौँ मानिसहरू ज्यान जोगाउन डुङ्गाबाट पानीमा हाम फालेको बताए । यात्रुहरूलाई उदृत गर्दै पत्रकार सिकदरले भने, ढाकाबाट उक्त डुङ्गा रमाना भएका बखत नै सामान्यभन्दा धेरै तातो थियो ।

यात्रुहरूले गुनासो गरेपछि डुङ्गा कर्मचारीले कार्पेट ओछ्याइदिएका थिए । तर तातोपन बढ्दै गयो ।अन्तत: आगलागी नै भयो ।

तपाईको प्रतिक्रिया