सोमबार, जेठ ०७, २०८१
Monday, May 20, 2024

काठमाडौं – अभिनेता हरिवंश आचार्यको पहिचान केवल अभिनयमा मात्र छैन । उनी लेखक, निर्देशक र गायक पनि हुन् । यिनै हरिवंशले शनिबार आफ्नो ६४ औं जन्मोत्सव मनाएका छन् ।

हरिवंशले जन्मदिनको अवसर पारेर आफ्नो योजना बताउँदै अबका दिनमा तनावरहित जीवन बिताउने खुलाए । ‘अब बाँकी जीवन तनाव नलिइ बाँच्ने हो । कामदेखि अन्य कुनै पनि कुरामा तनाव नलिने प्रण गरेको छु’, उनले भने, ‘अझ भनौं न मज्जाले निदाएर जुनीभर बाँच्ने हो ।’

हरिवंशको व्यस्तता टेलिभिजनदेखि फिल्मसम्म उत्तिकै छ । हरिवंश निर्माता सन्तोष सेनको फिल्म ‘हुतुतु’मा अभिनय गर्दैछन् । कोभिड महामारीका कारण सुटिङमा जान रोकिएको फिल्मको चाँडै नै सुटिङको तयारी हुँदैछ ।

उनी निर्देशक प्रदीप भट्टराई र निर्माता रवीन्द्रसिंह बानियाँको नयाँ फिल्ममा पनि अभिनय गर्दैछन् । हरिवंशको जन्म २०१४ साल कार्तिक २७ गते काठमाडौंको गैरीधारामा भएको हो । उनको दुई कृति ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ पाठकले रुचाएका पुस्तकमा पर्छन् । हरिवंशले गाएका गीतहरु ‘हाम्री आमा साह्रै नै बाठी छन्’, ‘साझा बसमा जो पनि चढ्दछ’, ‘सारंगी रेटौंला’, ‘एउटा कुरा छ’, ‘चञ्चले चञ्चले गण्डकी अञ्चले’लगायत लोकप्रिय छन् ।

तपाईको प्रतिक्रिया