आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडाैं – नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन् ।

बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिति) को काम लगभग सकिसकेको जानकारी दिए । उनले अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए ।

महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९ लगायतका कारणले निर्माण सम्पन्नमा ढिलाइ भएको बताए । ‘अबको ५ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ, कति वटा एयरलाइन्स आउँछ त्यो पछिको कुरा हो तर वि विल बी रेडी,’ महानिर्देशक क्षेत्रीले भने ।

कुशीनगर विमानस्थलसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई दाँज्न नमिल्ने उनले बताए । महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल इन्फ्रास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया