सोमबार, आषाढ ०४, २०८१
Monday, June 17, 2024

काठमाडाैं – बिहीबार अमेरिकी डलरको भाउ ६ महिनायताकै उच्च भएको छ । यही वर्षको बैशाख दोस्रो सातादेखि निरन्तर बढेको अमेरिकी डलरको भाउ बिहीबार उच्च बिन्दुमा पुगेको हो ।

गत वैशाख १३ गते १२० रुपैयाँ ३२ पैसासम्म पुगेको डलर त्यसयता निरन्तर ओरालो लागेको थियो । पछिल्ला दुई साता यता विस्तारै उकालो लागेको अमेरिकी डलरको भाउ बिहीबार भने १२० रुपैयाँ २७ पैसासम्म आइपुगेको हो ।

भारतीय मुद्रा प्रभावित भएपछि नेपालमा डलरको भाउ उकालो लागेको हो । पछिल्लो समय अमेरिकामा रोजगारी बढेको समाचार सार्वजनिक भइरहेपछि डलरमा सुधार आएको विश्लेषक बताउँछन् ।

तपाईको प्रतिक्रिया