बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् ।

नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताए । उनले विराटनगर विमानस्थलबाट नेपाल-बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् । दुई देशबीच सिधा हवाई सुरु भएमा द्विपक्षीय व्यापार वृद्धि हुने समेत उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया