बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं – चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको ऐतिहासिक सुरक्षा सम्झौता ‘ओकस’ लाई अत्यन्त गैरजिम्मेवारपूर्ण भन्दै आलोचना गरेको छ । यो सानो सोचको एउटा उदाहरण भएको आरोप चीनले लगाएको छ ।

चीनले अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको रक्षा सम्झौताको निन्दा गर्दै भनेको छ, ‘यसले शीत युद्धको मानसिकता प्रदर्शन गरेको छ ।’ यसअघि बेलायत, अमेरिका र अस्ट्रेलियाले आपसमा एक विशेष सुरक्षा सम्झौता घोषणा गरेको थियो । यस सम्झौताअन्तर्गत अमेरिकाले अस्ट्रेलियाकालाई परमाणु पनडुब्बी प्रविधि पनि उपलब्ध गराउने छ ।

जानकारहरूका अनुसार यो नयाँ सुरक्षा सम्झौता एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावविरुद्ध लड्न गएिको हो । उक्त क्षेत्र वर्षाैंदेखि विवादको कारण बनेको छ । तनाव सिर्जना भएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, ‘यी कारणहरूले हतियार प्रसार रोक्ने अन्तर्राष्ट्रिय प्रयासमा धक्का लाग्ने छ ।’ चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले पनि अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सम्झौताको विरोध गर्दै लेख प्रकाशन गरेको छ । लेखमा भनिएको छ, ‘यस सम्झौतासँगै अस्ट्रेलियाले आफूलाई चीनविरोधी बनाएको छ ।’

५० वर्षपछि पहिलोपटक अमेरिकाले आफ्नो पनडुब्बी प्रविधि कुनै देशलाई दिइरहेको छ । यसअघि अमेरिकाले बेलायतलाई मात्र यो प्रविधि उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया