बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – अफ्रिकी मुलुक गिनीमा सेनाले सत्ता हत्याएको छ । गिनीको राजधानी कोनाक्रीमा रहेको राष्ट्रपति भवन प्रवेश गरेका सेनाले अन्धाधुन्ध गोली प्रहार गरी गिनीका राष्ट्रपति अल्फा कोंडेलाई गिरफ्तार गरेको छ ।

साथै उनीहरुले गिनीका सबै सीमा नाकाहरु पनि शिल गरेका छन् । सत्ता हत्याएको सेनाले संविधानमाथि रोक लगाउनुका साथै राज्य संस्था पनि भङ्ग भएको घोषणा गर्दै देशका सम्पूर्ण सार्वजनिक प्रशारण सेवामा समेत रोक लगाएको छ । सेनाले द नेशनल कमिटी अफ ग्यादरिङ एण्ड डेभलप्मेन्ट समूह नामाकरण गरी देशको शासन आफूहरुले हातमा लिएको घोषणा गरेको छ भने राष्ट्रपतिलाई पनि कब्जामा लिएको जनाएको छ ।

तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका कोंडेकाको पछिल्लो कार्यकाल निकै बिबादास्पद बनेको थियो । संविधान विपरित राष्ट्रपति नियुक्त भएको भन्दै उनीविरुद्ध ब्यापक प्रदर्शन समेत भएको थियो । उता गिनीको रक्षा मन्त्रालयले भने राष्ट्रपति सेनाको कब्जामा नरहेको र देश छाडेर कतै शरण लिन नगएको जनाएको छ ।

तपाईको प्रतिक्रिया