बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

काठमाडौं — एक १६ वर्षीय किशोरले पब्जी खेल्नका लागि आफ्नो आमाको बैंक खाताबाट १० लाख रुपैयाँ चोरेका छन् ।  भारत मुम्बईंमा ती किशोरले पब्जी खेल खेल्नकमा लागि बैंकबाट १० लाख रुपैयाँ चोरेका हुन् ।

मुम्बई प्रहरीका अनुसार यो घटना बुधवारको हो ।  किशोरको बुवाका अनुसार, विगत एक महिनादेखि उसलाई पब्जीको लत बसेको थियो । मोबाइल फोनमा दिनभर उसले पब्जी खेल्ने गरेको थियो ।

बैंकबाट रकम निकालेर उ घरबाट निक्लिएर बेपत्ता भएको छ । घरबाट भागेका ती किशोरलाई बिहीवार दोपहरको महाकाली इलाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

तपाईको प्रतिक्रिया