Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नेपाल भेरियन्ट नरहेको प्रष्ट पारेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपाल भेरियन्ट भेटिएको भन्दै समाचार सम्प्रेषण गरेपछि मन्त्रालयले अहिलेसम्म नेपाल भेरियन्ट नरहेको प्रष्ट पारेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले अहिलेसम्म नेपालमा युके भेरियन्ट र भारतीय भेरियन्टबाहेक अर्को भेरियन्ट नभेटिएको बताए । कोरोना भाइरसको नेपाल भेरियन्ट बेलायतसहितका युरोपेली देशमा फैलिएको भन्दै डेली मेलले समाचार लेखेको थियो । मन्त्रालयले उक्त समाचारको खण्डन गरेको हो ।

विश्व स्वास्थ्य संगठनले युके भेरियन्टलाई अल्फा र भारतीय भेरियन्टलाई डेल्टा नाम दिएको थियो । नेपालस्थित विश्व स्वास्थ्य संगठनले पनि अहिलेसम्म नेपाल भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठनलाई अवगत नरहेको प्रष्ट पारेको छ । मन्त्रालयले यसको यर्थाथबारे बेलायतको स्वास्थ्य नियामक निकायलाई पत्र पठाइएको प्रवक्ता डा. पौडेलले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया