Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – चीनमा एक ४१ वर्षीय पुरुष बर्ड फ्लूको एउटा दुर्लभ प्रकारबाट सङ्क्रमित भएको पुष्टि भएको छ । चराचुरुङ्गीबाट उक्त भाइरस सरेको पुष्टि हुने उनी पहिलो मानिस भएको बताइएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अधिकारीहरूले उनलाई कसरी सङ्क्रमण सर्‍यो भन्ने विषयबारे विस्तृत विवरण दिएका छैनन् । तर H10N3 (एच१०एन३) नाम दिइएको उक्त प्रकारको भाइरस मानिसबाट मानिसमा सजिलै नसर्ने विश्वास गरिन्छ । ती व्यक्ति जाङ्सू प्रान्तका निवासी भएको र उनमा बर्ड फ्लू सङ्क्रमण भएको गत साता निदान गरिएको थियो ।

तर अहिले उनी निको भएर घर फर्किसकेको बताइएको छ । बर्ड फ्लूका अनेक प्रकार छन्। कुखुरा पालन गर्ने मानिसमा बर्ड फ्लू सरेको घटना यदाकदा सुनिन्छ । तर कन्ट्याक्ट ट्रेसिङ गर्दा ती व्यक्तिको संसर्गमा आएका अरू मानिसमा बर्ड फ्लू देखिएन ।

बेइजिङस्थित राष्ट्रिय स्वास्थ्य आयोग (एचएचसी)ले मङ्गलवार बताएअनुसार सङ्क्रमित व्यक्तिलाई गत एप्रिल २८ मा अस्पताल भर्ना गरिएको थियो । त्यसको एक महिनापछि उनमा बर्ड फ्लू गराउने भाइरसको H10N3 प्रकारबाट सङ्क्रमण भएको पुष्टि भयो ।

‘विश्वमा कुनै मानिसमा पनि H10N3 को सङ्क्रमण भेटिएको थिएन । यो पक्षीबाट मानिसमा सरेको विरल सङ्क्रमण हो । यो ठूलो मात्रामा फैलिने जोखिम अत्यन्त न्यून छ,’ एचएचसीलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले भनेको छ । एनएचसीका अनुसार H10N3 भाइरसले पालिएका पक्षीमा गम्भीर रोग लगाउँदैन र यो चाँडै फैलिन पनि सक्दैन ।

के भन्छ विश्व स्वास्थ्य सङ्गठन ?
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अहिले मानिसबाट मानिसमा उक्त भाइरस सर्ने सङ्केत नदेखिएको समाचारसंस्था रोएटर्सलाई बताएको छ ।

‘पालिएका पक्षीमा एभीअन इन्फ्लूएन्जा प्रसार भइरहेसम्म मानिसमा त्यसको सङ्क्रमण हुनु अनौठो कुरा हैन । यो इन्फ्लूएन्जा महामारीको जोखिम यथावत् छ भन्ने एउटा सङ्केत हो,’ डब्ल्यूएचओले भनेको छ । अहिले चराचुरुङ्गीमा बर्ड फ्लूको H5N8 नामक प्रकार फैलिरहेको छ। त्यसबाट विभिन्न युरोपेली देशहरू प्रभावित भएका छन् र त्यहाँ पालिएका लाखौँ पक्षीको सामूहिक वध गरिएको छ ।

गत फेब्रुअरीमा रुसमा उक्त भाइरस मानिसमा पनि सरेको पुष्टि भएको थियो । सन् २०१६ र २०१७ मा एभीअन इन्फ्लूएन्जाको H7N9 प्रकारको प्रकोप फैलिँदा झन्डै ३०० जनाको मृत्यु भएको थियो । त्यसपछि बर्ड फ्लू मानिसमा ठूलो मात्रामा सरेको देखिएको छैन ।

तपाईको प्रतिक्रिया