Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – कोरोना भाइरस सङ्क्रमणका कारण त्रिभुवन विश्वविद्यालयमा कार्यरत २३ जना प्राध्यापक र कर्मचारीको ज्यान गएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सह-प्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापक शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नवीन कर्णको सङ्क्रमणबाट निधन भएको हो ।

त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिए ।

आंशिक अनलाइन कक्षा सञ्चालन भएकामध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन् । त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालन तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया