काठमाडौं – प्रिमियर लिग क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा चेल्सीले अर्को प्रिमियर लिग क्लब च्यान्चेस्टर सिटीलाई १– ० गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।
पोर्चुगलमा भएको खेलमा चेल्सीलाई जित दिलाउन काइ हार्बटेजले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । पहिलो हाफको सुरुआतमा सिटीले प्रभाव छाडे पनि चेल्सीले भने गोल गर्न सफल भयो ।
चेल्सीले दोस्रो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको हो । सन् २०१२ पछि चेल्सीले पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।
यता, थोमस टुचेलले चेल्सीका लागि च्याम्पियन्स लिग फुटबलको उपाधि जित्न सफल भएका हुन् ।
यता म्यान्चेस्टर सिटी भने पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जित्नबाट चुकेको छ । पेपे ग्वार्डिवालाले पहिलो पटक म्यान्चेस्टर सिटीलाई फाइनलमा स्थान बनाए पनि उपाधि भने दिलाउन सकेनन् ।
यता, सिटीका रियाद मेरेज र सर्जियो अग्युरोको सिटीका लागि अन्तिम खेल रहेको थियो ।