मंगलबार, जेठ ०८, २०८१
Tuesday, May 21, 2024

काठमाण्डाै – बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले केही मानिसहरुको उपस्थितिमा सुटुक्क बिहे गरेका छन्। ५६ वर्षीय जोन्सनले शनिवार थोरै मानिसहरुको उपस्थितिमा ३३ वर्षीया क्यारी सिमोन्ड्ससँग बिहे गरेका हुन्। बिहेमा उपस्थित मानिसहरुले बधाई दिएपछि उनले बिहे गरेको खुलेको हो।

वेस्टमिनस्टर क्याथेडेरलमा भएको विवाहोत्सवमा ३० जना मानिसहरु निम्त्याइएको थियो। जोन्सनको बिहेको बारेमा प्रधानमन्त्री कार्यालयकै मानिसलाई थाह नदिएको बताइएको छ। बेलायतमा कोरोना नियन्त्रण तथा रोकथामका लागि ३० जना मात्र सहभागी हुन पाउने मापदण्डअनुसार बिहेमा थोरै मानिस बोलाइएको हो।

जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि सम्बन्धमा रहेका थिए। उनीहरुको सम्बन्धि सन् २०२० मा आएर मात्र खुलेको थियो। गएको अप्रिलमा सिमोन्ड्सबाट उनीहरुको छोरा जन्मियो। जोन्सनले यसअघि दुई बिहे गरेका थिए र दुबै डिभोर्स भएको थियो। उनको पहिलो बिहे २३ वर्षको उमेरमा अलेग्र मोस्टीनीसँग भएको थियो भने दोस्रो बिहे मेरिना ह्विलरसँग बिहे गरेका थिए।

तपाईको प्रतिक्रिया